मनोहरा किनारका सुकुम्बासी घरटहरा हटाउन सुरु

digitalchautari digitalchautari
|
आइतबार, बैशाख १३, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
मनोहरा किनारका  सुकुम्बासी घरटहरा हटाउन सुरु

सारांश

  • मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका अनधिकृत घरटहरा हटाउने काम सुरु गरिएको छ।
  • बस्ती हटाउन बिहानैदेखि करिब ३०० जना नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख **सूर्यबहादुर खड्का**ले जानकारी दिए।
  • उनका अनुसार बासिन्दालाई बिहान ९ बजेसम्म आफैं घरटहरा भत्काउने समय दिइएको थियो।

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका अनधिकृत घरटहरा हटाउने काम सुरु गरिएको छ।

बस्ती हटाउन बिहानैदेखि करिब ३०० जना नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख **सूर्यबहादुर खड्का**ले जानकारी दिए।

उनका अनुसार बासिन्दालाई बिहान ९ बजेसम्म आफैं घरटहरा भत्काउने समय दिइएको थियो। त्यसपछि **काठमाडौँ महानगरपालिका**को डोजरसहितको टोलीले संरचना हटाउन सुरु गरेको हो।

प्रहरीका अनुसार अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउने काम अघि बढाइएको छ।

उक्त बस्तीमा ७७७ घरटहरा रहेको बताइएको छ। यसअघि शनिबार साँझ पनि सात वटा पक्की घर भत्काइँदा केही सुकुम्बासीले अवरोध गरेका थिए। त्यस क्रममा भएको झडपमा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?