मेयर कप ब्याडमिन्टनमा गुरु–चेलाको जोडी प्रथम
सारांश
- मेलम्चीमा सम्पन्न नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा कराते प्रशिक्षक राजनमान श्रेष्ठ र बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) को जोडी प्रथम भएको छ।
- प्रतियोगिताको फाइनलमा शैलेस खड्का र नेत्र तामाङको जोडीलाई पराजित गर्दै श्रेष्ठ र तामाङको जोडीले उपाधि जितेको हो।
- यस प्रतियोगिताको रोचक पक्ष भने गुरु–चेलाको सम्बन्धसँग जोडिएको छ।
मेलम्ची । मेलम्चीमा सम्पन्न नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा कराते प्रशिक्षक राजनमान श्रेष्ठ र बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) को जोडी प्रथम भएको छ।
प्रतियोगिताको फाइनलमा शैलेस खड्का र नेत्र तामाङको जोडीलाई पराजित गर्दै श्रेष्ठ र तामाङको जोडीले उपाधि जितेको हो।
यस प्रतियोगिताको रोचक पक्ष भने गुरु–चेलाको सम्बन्धसँग जोडिएको छ। करिब २० वर्षअघि कराते प्रशिक्षण दिई कृष्णकुमार तामाङलाई ब्ल्याक बेल्टसम्म पुर्याएका प्रशिक्षक श्रेष्ठले आफ्नै पूर्वविद्यार्थीसँग ब्याडमिन्टन खेलेर नगरस्तरीय प्रतियोगिताको उपाधि जितेका हुन्।
गुरु–चेलाको यो सफल जोडीले खेलकुदप्रतिको लगाव, आपसी आत्मीयता र वर्षौंदेखिको सम्बन्धलाई थप स्मरणीय बनाएको छ। प्रशिक्षक श्रेष्ठले पनि आफ्नै चेलासँगै प्रतियोगितामा प्रथम हुन पाउँदा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया