हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
|
९५९ पटक हेरिएको
Shares
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो

सारांश

  • हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।
  • बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
  • यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.

काठमाडौं । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफामा दबाब परेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ रहेको थियो।

यद्यपि, बैंकको इम्पेयरमेन्ट चार्जमा भने सुधार देखिएको छ। अघिल्लो वर्ष ५७ करोड ८९ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर समीक्षा अवधिमा ३५ करोड ३१ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको १ अर्ब ५ करोड ६६ लाख रुपैयाँबाट घटेर १ अर्ब ५४ लाख रुपैयाँमा झरेको छ।

असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले ३ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको खराब कर्जा (एनपीएल) अनुपातमा भने वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.३९ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा ७.९८ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको यो वृद्धिले बैंकको सम्पत्तिको गुणस्तरमा चुनौती थपिएको संकेत गर्छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष १२ रुपैयाँ ४५ पैसा रहेको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा घटेर ११ रुपैयाँ ६० पैसा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १८० रुपैयाँ ४२ पैसा रहेको छ।

यसैगरी, बैंकको वितरणयोग्य मुनाफा थप ऋणात्मक बनेको छ। अघिल्लो वर्ष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा असोज मसान्तसम्ममा बढेर ९ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समग्रमा खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा आएको गिरावटसँगै खराब कर्जा बढ्नु हिमालयन बैंकका लागि चुनौतीका रूपमा देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा
ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७
काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’

तपाईंले छुटाउनुभयो कि?