चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ११, २०८३
|
|
७१६ पटक हेरिएको
Shares
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

सारांश

  • चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
  • कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
  • सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले मातृशिशु सम्बन्धि चेतना फल्याउन पनि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको सापकोटाले बताउनुभयो ।
१ करोड २ लाख सेयर पुजि , ७४१ सदस्य रहेको सहकारीको आगामि बर्ष ७६५ सदस्य पुर्याउने लक्ष्य लिएको बताइएको छ । प्रगती प्रतिवेदन सहकारीका सह- सचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले सहकारीले नाममा उल्लेख भए अनुसार मातृशिशुको क्षेत्रमा जनचेतना र अन्य कार्यक्रम सन्चाल भै रहेकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा ५ नम्बरका वडा अध्यक्ष शिव श्रेष्ठले नगरभित्र ११४ सहकारी दर्ता भएर सन्चालनमा रहेको बताउदै यस सहकारीको विशेष रहेको बताउनुभयो । उहाँले संस्था सहकारीको सिद्धान्त अनुसार चले निम्न बर्ग र किसानलाई सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं ५ का पुर्व वडा अध्यक्ष एवम नगर सहकारी सन्जालका अध्यक्ष नरमान श्रेष्ठ, पत्रकार महासंघ सिन्धुपाल्चोकका पुर्व अध्यक्ष जिवन श्रेष्ठ , अन्य सहकारीका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्दै साधारणसभा लाई सामन्य रुपमा नलिन आग्रह गर्दै सहकारीको गतिविधिमा सदस्यहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सदस्यले ध्यान नदिँदा सहकरीमा झन समस्या आउन सक्ने बताउनुभयो ।कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, एस ई ई मा उत्कट नम्बर ल्याउने सदस्यका छोराछोरीलाई सम्मान समेत गरियो ।
सहकारीका अध्यक्ष गुणकेसरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन उपाध्यक्ष रोजिना घतानिले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति
आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति

तपाईंले छुटाउनुभयो कि?