पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

digitalchautari digitalchautari
|
शनिबार, आश्विन १०, २०८३
|
|
९३९ पटक हेरिएको
Shares
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वकेन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ का थापा केही वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
  • कांग्रेस प्रवेशपछि उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वकेन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ का थापा केही वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेस प्रवेशपछि उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।
थापा २०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनदेखि २०८२ सालमा सम्पन्न निर्वाचनसम्म कांग्रेसको पक्षमा सक्रिय रूपमा चुनावी अभियानमा खटिएका थिए। उनी गाउँगाउँ पुगेर पार्टीका उम्मेदवारका पक्षमा मत माग्दै कार्यकर्तासँग प्रत्यक्ष रूपमा जोडिएका थिए।
निर्वाचनका क्रममा थापाको सक्रियता र कार्यकर्तामाझ पुग्ने शैलीले पार्टीका स्थानीय नेता तथा कार्यकर्तामा उत्साह र ऊर्जा थपेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।
राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थापालाई पार्टीले केन्द्रीय सदस्य हुँदै अहिले महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने अवसर दिनुलाई कांग्रेसभित्र फरक राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिलाई समेत जिम्मेवारी र स्थान दिने अभ्यासका रूपमा हेरिएको छ। यसले नयाँ पुस्तामा पनि पार्टीप्रति आकर्षण र राजनीतिक सक्रियताका लागि ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
थापा इन्द्रावती गाउँपालिका–६ बाट यसअघि नै सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति
आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
मेलम्चीको विकासको  नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
मेलम्चीको विकासको नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
क्यान्सर उपचारमा नयाँ आशा : मडर्ना–मर्कको एमआरएनए खोप परीक्षणमा सफल
क्यान्सर उपचारमा नयाँ आशा : मडर्ना–मर्कको एमआरएनए खोप परीक्षणमा सफल
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर

तपाईंले छुटाउनुभयो कि?