खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन ८, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं.
  • २ बाट खस–आर्य कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा रुपक धितालले उम्मेदवारी दिने भएका छन्।
  • २०४० सालमा जन्मिएका धितालले सिद्धि गणेश माध्यमिक विद्यालय, सानो सिरुवारीबाट प्राथमिक शिक्षा हासिल गरेका हुन्।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट खस–आर्य कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा रुपक धितालले उम्मेदवारी दिने भएका छन्।
२०४० सालमा जन्मिएका धितालले सिद्धि गणेश माध्यमिक विद्यालय, सानो सिरुवारीबाट प्राथमिक शिक्षा हासिल गरेका हुन्। उनी २०५२ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका धिताल हाल नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सदस्य छन्। उनी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सल्लाहकार समितिका सचिवसमेत हुन्।
धितालको पारिवारिक पृष्ठभूमि पनि कांग्रेसको राजनीतिक आन्दोलनसँग जोडिएको छ। उनका पिता रविनाथ धिताल राजनीतिक आन्दोलनमा सक्रिय रहेका थिए। २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित माननीय चन्द्रलाल श्रेष्ठलाई निर्वाचित गराउन रविनाथ धितालले सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमि रहेको धितालले बताएका छन्।
लामो समयदेखि पार्टीको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका धितालले यसपटक खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
डाइभर्सन बगाएपछि बीपी राजमार्ग खुल्न अझै समय लाग्ने
डाइभर्सन बगाएपछि बीपी राजमार्ग खुल्न अझै समय लाग्ने
‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’
‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो

तपाईंले छुटाउनुभयो कि?