ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ४, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।
  • आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पत्रकारहरूले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताउनुभयो ।
  • उहाँले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले कुनै व्यक्तिसँग प्रश्न गर्नुअघि अनुमति लिने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गर्नुभयो ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पत्रकारहरूले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले कुनै व्यक्तिसँग प्रश्न गर्नुअघि अनुमति लिने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ । तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस् । त्यस्तो नगर्नुहोस् ।’

उहाँले सञ्चारकर्मीहरूलाई पत्रकारिताको मर्यादा र अभ्यासअनुसार प्रश्न गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
कोशीमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली लागू
कोशीमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली लागू
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

तपाईंले छुटाउनुभयो कि?