बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ४, २०८३
|
|
९१९ पटक हेरिएको
Shares
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

सारांश

  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।
  • आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछिको खोजी, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार बैठकमा सरकारका प्रतिनिधिले भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार तथा राहतका कामबारे ब्रिफिङ गरेका थिए ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछिको खोजी, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारका प्रतिनिधिले भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार तथा राहतका कामबारे ब्रिफिङ गरेका थिए । खोजी, उद्धार र राहतको काम जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाका कामसमेत समानान्तर रूपमा अघि बढिरहेको जानकारी बैठकमा गराइएको खरेलले बताउनुभयो ।

बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ ।

खरेलले भन्नुभयो, ‘राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्‍यो र पीडित परिवारलाई राहत दिनुपर्‍यो भन्ने कुरा नै मुख्य रूपमा रहेको छ ।’

उहाँले अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको भन्दै उनीहरूको अवस्था तत्काल यकिन गर्नुपर्ने बताउनुभयो । कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

रोकिएका पार्टी गतिविधि पुनः सञ्चालन
रास्वपाले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि स्थगित गरिएका पार्टीका सार्वजनिक गतिविधि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, रास्वपाले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि औपचारिक रूपमा काम अघि बढाएको जनाएको छ । प्रवक्ता खरेलका अनुसार पार्टीले यसअघि नै उठाउँदै आएको उक्त विषयमा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कमिटी गठन गरिसकेको छ ।

उहाँका अनुसार ‘राइट टु रिकल’ व्यवस्था कार्यान्वयनका लागि पार्टीले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण
जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण
थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना
थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?