जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण

digitalchautari digitalchautari
|
बुधबार, भाद्र २४, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण

सारांश

  • सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ स्थित जनसुधार आधारभूत विद्यालयमा वृहत् निःशुल्क आँखा उपचार तथा परीक्षण शिविर सम्पन्न भएको छ।
  • ईन्द्रावती गाउँपालिका–५ को समन्वय तथा सहकार्यमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
  • शिविरमा ज्येष्ठ नागरिक, बालबालिका, महिला, युवायुवती, शिक्षक–शिक्षिका तथा विद्यार्थी गरी ३ सयभन्दा बढीको आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ स्थित जनसुधार आधारभूत विद्यालयमा वृहत् निःशुल्क आँखा उपचार तथा परीक्षण शिविर सम्पन्न भएको छ।
ईन्द्रावती गाउँपालिका–५ को समन्वय तथा सहकार्यमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा ज्येष्ठ नागरिक, बालबालिका, महिला, युवायुवती, शिक्षक–शिक्षिका तथा विद्यार्थी गरी ३ सयभन्दा बढीको आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ। शिविरको उद्घाटन ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गरेका थिए।
आँखा परीक्षणका क्रममा आधा दर्जनभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको छ। पहिचान भएका बिरामीको बनेपास्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने ईन्द्रावती गाउँपालिका–५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए।
वडाध्यक्ष आचार्यका अनुसार प्रतिकूल मौसम र पहाडी भौगोलिक कठिनाइका बाबजुद शिविरमा स्वदेशी तथा विदेशी आँखा रोग विशेषज्ञ र चिकित्सकको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण तथा उपचार सेवा पाउँदा सर्वसाधारण लाभान्वित भएका थिए।
शिविर सफल बनाउन सहयोग गर्ने संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक, सूचना सम्प्रेषणमा सहयोग गर्ने सञ्चारकर्मी तथा वडा र गाउँपालिकासँग समन्वय गर्ने सबैप्रति वडाध्यक्ष आचार्यले आभार व्यक्त गरेका छन्।
समय अभाव, प्रतिकूल मौसम तथा भौगोलिक कठिनाइका कारण लौरो टेकेर सेवा लिन आएका केही ज्येष्ठ नागरिकसहित अन्य सेवाग्राहीलाई उपचार सेवा उपलब्ध गराउन नसकिएकोमा उनले दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी

तपाईंले छुटाउनुभयो कि?