बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २२, २०८३
|
|
८२६ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत निरीक्षण गरेका छन्।
  • बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा भइरहेका पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।
  • नुवाकोटको विदुरस्थित श्री नं.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत निरीक्षण गरेका छन्।
बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा भइरहेका पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।
नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग भेट गरेका थिए। भेटका क्रममा उनलाई बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण, होल्डिङ सेन्टरको व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनरुत्थानका लागि भइरहेका कामबारे जानकारी गराइएको थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाको स्थलगत निरीक्षण तथा आवश्यक जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काम सञ्चालन भइरहेका छन्।
राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाको जानकारी लिनुका साथै उद्धार तथा राहतका प्रयासबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार  गम्भीर भएन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार गम्भीर भएन
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य
सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?