कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

digitalchautari digitalchautari
|
सोमबार, भाद्र १५, २०८३
|
|
५७१ पटक हेरिएको
Shares
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ-बाइरोड-नौबिसे-पालुङ-भैँसे तथा फर्पिङ-कुलेखानी हुँदै सञ्चालन गरिएको छ ।
  • मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ-बाइरोड-नौबिसे-पालुङ-भैँसे तथा फर्पिङ-कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा-छहरे-नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण
दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण

तपाईंले छुटाउनुभयो कि?