आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन

सारांश

  • नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिकास्थित ककलिङ क्याम्पसका स्ववियु सभापति स्वर्गीय आयुष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
  • चाबहिलस्थित स्तुपा परिसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष करुणा कटुवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, नेविसंघका केन्द्रीय सदस्य अनिल सापकोटा, नेविसंघ सिन्धुपाल्चोकका सचिव दिपेशराज खनाल तथा सदस्य चीनलाल तामाङलगायतको उपस्थिति रहेको थियो।
  • कार्यक्रममा सहभागीहरूले स्वर्गीय श्रेष्ठको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झनामा दीप प्रज्वलन गरेका थिए।

सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिकास्थित ककलिङ क्याम्पसका स्ववियु सभापति स्वर्गीय आयुष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।


चाबहिलस्थित स्तुपा परिसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष करुणा कटुवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, नेविसंघका केन्द्रीय सदस्य अनिल सापकोटा, नेविसंघ सिन्धुपाल्चोकका सचिव दिपेशराज खनाल तथा सदस्य चीनलाल तामाङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय श्रेष्ठको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झनामा दीप प्रज्वलन गरेका थिए। सहभागीहरूले श्रेष्ठको विद्यार्थी राजनीतिप्रतिको सक्रियता, ग्रामीण क्षेत्रको उच्च शिक्षा विकास तथा विद्यार्थीको हकहितका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले श्रेष्ठको निधनले विद्यार्थी आन्दोलन र संगठनमा अपूरणीय क्षति पुगेको बताएका थिए। साथै, उहाँले विद्यार्थी तथा समाजका लागि देखाएको बाटो र पुर्‍याएको योगदानलाई आगामी दिनमा समेत स्मरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेविसंघ सिन्धुपाल्चोकले स्वर्गीय श्रेष्ठको योगदानलाई संगठन तथा विद्यार्थी आन्दोलनमा सधैँ सम्मानपूर्वक स्मरण गरिरहने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार

तपाईंले छुटाउनुभयो कि?