मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

digitalchautari digitalchautari
|
सोमबार, भाद्र ८, २०८३
|
|
२K पटक हेरिएको
Shares
मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।
  • न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार कारण देखाऊ आदेश जारी गर्दै निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्नेबारे लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो।
  • मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट दायर गरेकी राप्रपा सांसद कुमारी तामाङले अन्तरिम आदेशसमेत माग गरेकी थिइन्।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार कारण देखाऊ आदेश जारी गर्दै निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्नेबारे लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो।
मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट दायर गरेकी राप्रपा सांसद कुमारी तामाङले अन्तरिम आदेशसमेत माग गरेकी थिइन्। तर अदालतले तत्काल अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षसँग छलफल गर्ने भएको छ।
अदालतले आगामी भदौ १० गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। साथै, दुवै पक्षलाई आफूसँग रहेका थप प्रमाण तथा कागजात भए सोसमेत लिएर उपस्थित हुन भनिएको छ।
अदालतको आदेशमा निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा दुवै पक्षको भनाइ सुनेर आदेश गर्नु उपयुक्त देखिएकाले भदौ १० गते छलफलका लागि पेसी तोकिएको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३० प्रतिशत वृद्धि
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३० प्रतिशत वृद्धि
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

तपाईंले छुटाउनुभयो कि?