राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस

digitalchautari digitalchautari
|
सोमबार, भाद्र ८, २०८३
|
|
३६४ पटक हेरिएको
Shares
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई सांसद तथा मन्त्री पदबाट पदमुक्त गर्न सिफारिस गरेको छ।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यससम्बन्धी पत्र निर्वाचन आयोग र बाग्मती प्रदेशसभा सचिवालयमा पठाएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।
  • पार्टीको केन्द्रीय निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेश सरकारमा सहभागी भएको भन्दै राप्रपाले यसअघि प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको थियो।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई सांसद तथा मन्त्री पदबाट पदमुक्त गर्न सिफारिस गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यससम्बन्धी पत्र निर्वाचन आयोग र बाग्मती प्रदेशसभा सचिवालयमा पठाएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।
पार्टीको केन्द्रीय निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेश सरकारमा सहभागी भएको भन्दै राप्रपाले यसअघि प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको थियो। थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेका थिए।
त्यसैगरी, सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई राप्रपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो। उनीहरूले स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष लिङदेनले तीनैजनालाई सांसद तथा मन्त्री पदबाट पदमुक्त गर्न सिफारिस गरेका हुन्।
उनीहरूमाथि थप कारबाहीका लागि अनुशासन आयोगको बैठकसमेत बसिरहेको छ। आयोगले उनीहरूको पार्टी सदस्यता निलम्बन गर्न सक्ने सम्भावना रहेको बताइएको छ।
यसैबीच, बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सरकार जोगाउन राप्रपा निर्णायक देखिएको छ। राप्रपाका दुई सांसदले मात्रै समर्थन गरे पनि मुख्यमन्त्रीको सरकार सुरक्षित हुने अवस्था रहेको छ।
तर, राप्रपाका दुई सचेतकले विश्वासको मतसम्बन्धी पक्ष र विपक्षमा मतदान गर्न अलग–अलग ह्वीप जारी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क

तपाईंले छुटाउनुभयो कि?