सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
४९० पटक हेरिएको
Shares
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने साना तथा टुक्रे योजनाको प्रवृत्ति हट्न सकेको छैन ।
  • प्रदेश सरकारले आफैँ बनाएको मापदण्डविपरीत न्यून बजेटका योजना ठूलो सङ्ख्यामा समावेश भएपछि बजेट विनियोजन प्रक्रिया र त्यसमा हुने राजनीतिक प्रभावमाथि प्रश्न उठेको छ ।
  • कमलवहादुर शाह नेतृत्वको अघिल्लो प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने तथा उपभोक्ता समितिमार्फत हुने कामलाई निरुत्साहित गर्ने नीति अघि सारेको थियो ।

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने साना तथा टुक्रे योजनाको प्रवृत्ति हट्न सकेको छैन ।

प्रदेश सरकारले आफैँ बनाएको मापदण्डविपरीत न्यून बजेटका योजना ठूलो सङ्ख्यामा समावेश भएपछि बजेट विनियोजन प्रक्रिया र त्यसमा हुने राजनीतिक प्रभावमाथि प्रश्न उठेको छ ।

कमलवहादुर शाह नेतृत्वको अघिल्लो प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने तथा उपभोक्ता समितिमार्फत हुने कामलाई निरुत्साहित गर्ने नीति अघि सारेको थियो । तर, बजेटमा ५ देखि १० लाख रुपैयाँसम्मका योजनाको सङ्ख्या ठूलो देखिएको छ ।

दार्चुलाको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयअन्तर्गत रहेका योजनाको विवरणले समेत प्रदेश सरकारको नीति र कार्यान्वयनबीचको अन्तर देखाएको छ । कार्यालयअन्तर्गत ४८८ योजना रहेकामा ४८४ वटा योजना १० लाख रुपैयाँभन्दा कम बजेटका छन् । १० लाख रुपैयाँभन्दा बढी बजेट भएका योजना भने चार वटा मात्रै छन् ।

सयौँ योजना सानो रकममा विभाजन हुँदा बजेट छरिने र त्यसबाट अपेक्षित तथा ठोस उपलब्धि हासिल गर्न कठिन हुने देखिएको छ ।

दार्चुलाका नौ स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिकामा मात्रै सिँचाइतर्फ २४४ वटा योजना समावेश गरिएको छ । सिँचाइ क्षेत्रका लागि करिब ३६ करोड ४७ लाख रुपैयाँ विनियोजन भए पनि खर्च भने १६.२१ प्रतिशतमा सीमित रहेको विवरण छ ।

ठूलो सङ्ख्यामा योजना राखिए पनि खर्चको गति कमजोर हुनुमा योजना छनोट, कार्यान्वयन क्षमता र अनुगमनबीचको समन्वय अभाव मुख्य कारण हुन सक्ने देखिन्छ ।

स्थानीयस्तरमा योजना छनोटमा राजनीतिक पहुँच र बिचौलियाको प्रभाव रहने गरेको आरोपसमेत लाग्दै आएको छ । प्रदेशबाट योजना पारिदिने नाममा आफूअनुकूल व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, योजनाको काम तथा भुक्तानी प्रक्रियामा प्रभाव पार्ने र कमिसनको चलखेल हुने गरेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयका अनुसार कतिपय योजनामा काम सुरु हुनुअघि नै उपभोक्ता समिति गठनदेखि बिल मिलाउनेसम्मको सेटिङ हुने गरेको छ । केही योजनामा बजेटको ठूलो हिस्सा वास्तविक काममा खर्च नभई अन्यत्र जाने गरेको आरोपसमेत छ ।

धनगढीमा बसेर विभिन्न मन्त्रालय तथा राजनीतिक नेतृत्वसँग पहुँच बनाउँदै योजना बजेटमा पार्ने प्रयास हुने गरेको स्रोतको दाबी छ । सरकार परिवर्तन वा मन्त्री फेरबदलका बेला आफ्नो पक्षका योजना बजेटमा समावेश गराउन बिचौलिया सक्रिय हुने गरेको बताइन्छ ।

दार्चुला सिँचाइ डिभिजन कार्यालयमा एक इन्जिनियरसहित तीन जना प्राविधिक कर्मचारीमात्रै रहेको बताइएको छ । सयौँ योजनाको स्थलगत निरीक्षण, नापजाँच र गुणस्तर परीक्षण गर्न सीमित जनशक्तिका कारण कठिनाइ हुने गरेको कार्यालयका इन्जिनियरिङ अधिकृत मदनबहादुर भण्डारीले बताएका छन् ।

उनका अनुसार योजनाको सङ्ख्या धेरै भएकाले सबै आयोजनामा नियमित रूपमा पुगेर प्राविधिक परीक्षण गर्न सहज छैन । यसले अनुगमन तथा योजनाको गुणस्तरमा प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ ।

प्रदेशमा चालु आर्थिक वर्षको नयाँ बजेट निर्माणको तयारी भइरहेका बेला विगतको यस्तो प्रवृत्ति दोहोरिन नदिनुपर्ने आवाज उठेको छ । मुख्यमन्त्री खगराज भट्टले पनि योजना किनबेच हुने गरेको गुनासो सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी बजेटमा पारदर्शिता कायम गर्ने, कमिसनको प्रभाव रोक्ने र एउटै स्थानमा आवश्यकताभन्दा बढी योजना नथुपार्ने बताएका छन् ।

‘नितिगत रुपमा भ्रष्टाचार कसरी हुन्छ भन्ने कुराको आकलन गर्छौँ, बजेटमा बेथिति कहाँ-कहाँबाट हुन्छ भन्ने कुरा खोज्छौँ, बिचौलियाको प्रभाव बढ्ने आधार र कारण पनि पत्ता लगाएर निष्पक्षरूपमा कमिसनरहित बजेट बनाउँछौँ । विगतको जस्तो प्रवृत्ति दोहोरिँदैन,’ भट्टले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस

तपाईंले छुटाउनुभयो कि?