राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राष्ट्रिय स्वाधीनतामाथि अभूतपूर्व संकट उत्पन्न भएको बताएका छन्।
  • उनले सुगौली सन्धिपछि नेपालले अहिले जस्तो गम्भीर संकट पहिलोपटक भोगिरहेको दाबी गरेका हुन्।
  • काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका हुन्।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राष्ट्रिय स्वाधीनतामाथि अभूतपूर्व संकट उत्पन्न भएको बताएका छन्। उनले सुगौली सन्धिपछि नेपालले अहिले जस्तो गम्भीर संकट पहिलोपटक भोगिरहेको दाबी गरेका हुन्।

काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका हुन्।

प्रचण्डले भने, ‘अहिले देश साँच्चै संकटमा छ। सबैभन्दा ठूलो कुरा राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नुपरेको थिएन।’

उनले राष्ट्रिय स्वाधीनता, देशभक्तिपूर्ण तथा राष्ट्रवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए।

प्रचण्डका अनुसार कम्युनिस्ट पार्टी गठन भएदेखि नै देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै कम्युनिस्ट आन्दोलनले जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ।

उनले वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कम्युनिस्ट शक्तिबीच एकता आवश्यक रहेकोमा जोड दिए। ‘राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकताको अर्को कुनै विकल्प छैन,’ उनले भने।

प्रचण्डले कम्युनिस्ट शक्तिहरूले अहंकार वा मनोगतवादी सोचका कारण विगतका गल्ती दोहोर्‍याउन नहुने बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षा र देशको वर्तमान संकट समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभा जाने टोली स्वीकृत
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभा जाने टोली स्वीकृत

तपाईंले छुटाउनुभयो कि?