खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने

digitalchautari digitalchautari
|
बुधबार, श्रावण २७, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने

सारांश

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा अत्याधुनिक नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ।
  • कम्पनीले गुणस्तरीय खाद्य सामग्री आम उपभोक्ताको सहज पहुँचमा पुर्‍याउने उद्देश्यले सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालन गर्न लागेको हो।
  • नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा अत्याधुनिक नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीले गुणस्तरीय खाद्य सामग्री आम उपभोक्ताको सहज पहुँचमा पुर्‍याउने उद्देश्यले सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालन गर्न लागेको हो। नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार नयाँ बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका आधिकारिक उत्पादन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्। बिक्री कक्षमा चामल, दाल, खानेतेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुसँगै चिनो, कागुनो, फापर र सिमी जस्ता पौष्टिक स्थानीय उत्पादनसमेत उपलब्ध हुनेछन्।

सिंहदरबार परिसरमा कार्यरत कर्मचारी तथा विभिन्न प्रशासनिक सेवा लिन आउने नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजता हुने कम्पनीले जनाएको छ।

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

कम्पनीले वार्षिकोत्सवकै अवसरमा बिहीबारदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ।

सूचना अधिकारी मिश्रका अनुसार बजारमा बढ्दो महँगीको चापलाई केही हदसम्म कम गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले देशव्यापी रूपमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो।

यी पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ताले प्रत्येक किलो तथा प्रतिलिटरमा ५ रुपैयाँसम्म विशेष छुट पाउनेछन्।

कम्पनीले सुपथ र गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्दै उपभोक्ताको आर्थिक भार कम गर्न सुपथ मूल्य पसल विस्तार गरिएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार

तपाईंले छुटाउनुभयो कि?