चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

digitalchautari digitalchautari
|
मंगलबार, श्रावण १२, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

सारांश

  • वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा वार्ताका क्रममा प्रहरीबाट भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
  • संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो।
  • साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा।

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा वार्ताका क्रममा प्रहरीबाट भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो।

साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद रामलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो। घटनामा अस्पताल परिसरमा समेत तोडफोड भएको संघले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका डा। राम उपचाररत छन्।

घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखा अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेको संघको आरोप छ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पताल तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन, २०७९०’ बमोजिम कारबाही गर्न माग गरेको छ।

त्यस्तै, चिकित्सकमाथि मानमर्दन तथा दुर्व्यवहारमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत कारबाही गर्न संघले माग गरेको छ।

अध्यक्ष डा। बद्री रिजाल र महासचिव डा। विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामीमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवार नेपाल सरकार स्वयं हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
सर्वदलीय बैठकमा भोटेकोसी बाढीको समीक्षा, एक साताभित्र संसदीय विशेष समिति बनाउने सहमति
सर्वदलीय बैठकमा भोटेकोसी बाढीको समीक्षा, एक साताभित्र संसदीय विशेष समिति बनाउने सहमति
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश

तपाईंले छुटाउनुभयो कि?