प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

digitalchautari digitalchautari
|
शुक्रबार, जेठ ८, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

सारांश

  • प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन वैशाख ३१, २०८३ |कान्तिपुर टीभी संवाददाता प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन काठमाडौँ ।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नै दिनुपर्ने बताउनुभएको छ ।
  • प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्पराविपरीत भएको बताउनुभयो ।

प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
वैशाख ३१, २०८३ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नै दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्पराविपरीत भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुने पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताउनुभयो । यदि प्रधानमन्त्री उत्तर दिन उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफैँ आउनुपर्छ । अब यो काग कराइरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसाबले हामी संसद्‌लाई चलाउन सक्दैनौँ ।”

उहाँले देश विकास गर्न गफले मात्रै नहुने बताउनुभयो । उहाँले सरकार लगायत सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीति तथा कार्यक्रममा सबै सांसदहरूको सुझाव समेट्नुपर्ने भए पनि एकलौटी ल्याइएको गुनासो गर्नुभयो । नीति तथा कार्यक्रममा संसद्‌मा पर्याप्त छलफल हुन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
जलविरेमा आयोजित  स्वास्थ्य शिविरमा  ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन
सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने

तपाईंले छुटाउनुभयो कि?