कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
digitalchautari
Shares
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षको बैठक मंगलबार बस्ने भएकाे छ।
- काठमाडौंको महाराजगन्ज स्थित स्मार्ट होटलमा १४ औं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताउनुभएकाे हाे।
- बैठकमा खड्का पक्षको आगामी रणनीतिकाे बारेमा छलफल हुने भएकाे छ।
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षको बैठक मंगलबार बस्ने भएकाे छ।
काठमाडौंको महाराजगन्ज स्थित स्मार्ट होटलमा १४ औं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताउनुभएकाे हाे। बैठकमा खड्का पक्षको आगामी रणनीतिकाे बारेमा छलफल हुने भएकाे छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन कार्यवाहक खड्काले बैठक बोलाउनुभएकाे हाे। बैठकमा डा. शेखर कोइराला समूह भने नजाने भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया