दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण

digitalchautari digitalchautari
|
बुधबार, बैशाख ९, २०८३
|
|
८४८ पटक हेरिएको
Shares
दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण

सारांश

  • एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकु र आइकारले दिक्तेलमा आयोजित “वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३” मा सहभागिता जनाएका छन्।
  • हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँगको सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म उक्त वैज्ञानिक प्रदर्शनी आयोजना गरिएको हो।
  • प्रदर्शनीमार्फत यी ब्रान्डहरूले नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै विद्यार्थी, युवा तथा विज्ञानप्रेमीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेका छन्।

दिक्तेल, खोटाङ । एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकु र आइकारले दिक्तेलमा आयोजित “वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३” मा सहभागिता जनाएका छन्।

हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँगको सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म उक्त वैज्ञानिक प्रदर्शनी आयोजना गरिएको हो।

प्रदर्शनीमार्फत यी ब्रान्डहरूले नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै विद्यार्थी, युवा तथा विज्ञानप्रेमीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेका छन्। विशेषगरी विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायातबारे जनचेतना फैलाउने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।

प्रदर्शनीमा सहभागीहरूले ईभी प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै भविष्यको यातायात प्रणालीबारे जानकारी हासिल गर्न सक्नेछन्।

एसपीजी अटोमोबाइल्स विराटनगर शाखाका सिनियर सेल्स म्यानेजर धिरेन्द्र प्रधानका अनुसार दिक्तेलमा पहिलो पटक आइकार गाडी डिस्प्ले गरिँदा स्थानीय तथा काठमाडौंबाट आएका सवारी पारखीहरू आकर्षित भएका छन्। नेपालमा ५० लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको उक्त ‘स्पोर्टी कार’ अफरोडमा समेत सहज रूपमा चलाउन सकिने उनले बताए।

ग्राहकहरूको दीर्घकालीन विश्वास सुनिश्चित गर्न यी ब्रान्डहरूले ११ वर्षसम्मको विस्तारित वारन्टी सुविधा पनि उपलब्ध गराएका छन्। यसअन्तर्गत ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म (जुन पहिले हुन्छ) वारन्टी प्रदान गरिने बताइएको छ।

हाल देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरमार्फत ओमोडा, जेकु र आइकारले बिक्री तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
प्रकाश सपुतको शब्द–संगीतमा ‘लालीबजार’ को गीत सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?