स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

digitalchautari digitalchautari
|
सोमबार, आश्विन १९, २०८३
|
|
५२० पटक हेरिएको
Shares
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य

सारांश

  • स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि बीमामा नयाँ आबद्धता हुन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।
  • बोर्डको असोज १२ गते बसेको बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्रको व्यवस्था लागू हुने निर्णय गरेको हो।
  • पुस १ गतेदेखि सम्पूर्ण बीमित परिवारले (एचआइबी ई पोर्टल) मार्फत आफ्नो विवरण अद्यावधिक समेत गर्ने निर्णय बोर्डले गरेको छ।

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि बीमामा नयाँ आबद्धता हुन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।

बोर्डको असोज १२ गते बसेको बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्रको व्यवस्था लागू हुने निर्णय गरेको हो।

पुस १ गतेदेखि सम्पूर्ण बीमित परिवारले (एचआइबी ई पोर्टल) मार्फत आफ्नो विवरण अद्यावधिक समेत गर्ने निर्णय बोर्डले गरेको छ।

‘यसबाट बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, केवाईसी अपडेट प्रभावकारी हुने र दाबी व्यवस्थापन विश्वसनीय हुने अपेक्षा गरिएको छ,’ बीमा बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको जनाएको छ।

‘उक्त कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट, सम्झौताको आधार, सेवाको वर्गीकरण र भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेस गर्नुपर्नेछ’, सूचनामा उल्लेख गरिएको छ।

यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण, दाबी व्यवस्थापन हुने अपेक्षा बोर्डको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ पोखरामा सम्पन्न
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ पोखरामा सम्पन्न
सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग
सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित

तपाईंले छुटाउनुभयो कि?