सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र २५, २०८३
|
|
५७० पटक हेरिएको
Shares
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’

सारांश

  • इटहरी–१ निवासी ८ वर्षीया बालिका अश्वाना चौहानको सर्पदंशबाट भएको मृत्युको विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्पष्टीकरण सार्वजनिक गरेको छ।
  • प्रतिष्ठानका अनुसार भदौ २४ गते साँझ ६ः४७ बजे देब्रे हातमा सर्पले टोकेपछि बालिकालाई उपचारका लागि बच्चा आकस्मिक कक्षमा ल्याइएको थियो।
  • आकस्मिक कक्षमा परीक्षण गर्दा बालिकाको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ।

धरान । इटहरी–१ निवासी ८ वर्षीया बालिका अश्वाना चौहानको सर्पदंशबाट भएको मृत्युको विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्पष्टीकरण सार्वजनिक गरेको छ।

प्रतिष्ठानका अनुसार भदौ २४ गते साँझ ६ः४७ बजे देब्रे हातमा सर्पले टोकेपछि बालिकालाई उपचारका लागि बच्चा आकस्मिक कक्षमा ल्याइएको थियो।

आकस्मिक कक्षमा परीक्षण गर्दा बालिकाको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ। उनको मुटुको धड्कन चलिरहेको र आफैँ श्वासप्रश्वास गरिरहेकी भए पनि उनी अर्धचेत अवस्थामा थिइन्। बोलाउँदा प्रतिक्रिया नदिने तथा आँखाले नहेर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

बालिकाको गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले तत्काल आपत्कालीन उपचार सुरु गरेको प्रतिष्ठानले जनाएको छ।

उपचारका क्रममा चिकित्सकहरूले श्वासप्रश्वास सहज बनाउन इन्टुबेसन गर्नुपर्ने आवश्यकता रहेको विषयमा अभिभावकसँग परामर्श गरेका थिए। त्यसपछि एन्टी स्नेक भेनम (एएसभी) र नर्मल सलाइन सुरु गरिएको तथा अभिभावकको अनुमतिपछि बालिकालाई इन्टुबेट गरिएको प्रतिष्ठानको भनाइ छ।

उपचारकै क्रममा बालिकाको मुटुको धड्कन अचानक कम भएपछि चिकित्सक टोलीले तत्काल सिपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको थियो। त्यसपछि मुटुको धड्कन पुनः सामान्य अवस्थामा फर्किएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिष्ठानका अनुसार त्यसबेला बाल सघन उपचार कक्ष (पीसीआईयू) मा बेड उपलब्ध थिएन। बालिकाको ज्यान जोगाउन थप उच्चस्तरीय सघन उपचार आवश्यक रहेको भन्दै उक्त अवस्थाबारे आफन्तलाई जानकारी गराइएको थियो।

त्यसपछि सोही दिन साँझ ७ः१५ बजे अक्सिजनसहितको एम्बुलेन्समा ब्याग एन्ड मास्कमार्फत अक्सिजन दिँदै बालिकालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको प्रतिष्ठानले स्पष्ट पारेको छ।

प्रतिष्ठानले बालिकालाई अस्पताल ल्याउँदादेखि रिफर गर्दासम्म गरिएको उपचार तथा अपनाइएको प्रक्रियाबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै

तपाईंले छुटाउनुभयो कि?