बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो

digitalchautari digitalchautari
|
आइतबार, भाद्र १४, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो

सारांश

  • नुवाकोटको आकाशमा छिनछिनमै हेलिकप्टर उडिरहेका छन् ।
  • भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत भएपछि उद्धार तथा राहतका लागि हेलिकप्टरको आवतजावत बढेको हो ।
  • सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा अहिले आफैंमा चुनौतीपूर्ण बनेको छ ।

बेत्रावती । नुवाकोटको आकाशमा छिनछिनमै हेलिकप्टर उडिरहेका छन् । भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत भएपछि उद्धार तथा राहतका लागि हेलिकप्टरको आवतजावत बढेको हो ।

सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा अहिले आफैंमा चुनौतीपूर्ण बनेको छ । नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस तथा सवारीसाधनको चहलपहलले भरिएको व्यस्त बजार थियो ।

तर केही मिनेटमै आएको भीषण बाढीले बेत्रावतीको परिचित दृश्य नै बदलिदिएको छ ।

जहाँ घर तथा पसल थिए, त्यहाँ अहिले ढुंगा, माटो, गेग्रान र भग्नावशेषको थुप्रो छ । कतै घर तथा संरचना आधा ढलेका छन् भने कतै बाढीले अन्यत्रबाट बगाएर ल्याएका घरका सामान, काठ र निर्माण सामग्री थुप्रिएका छन् ।

बाढीले सडक, पुल तथा आसपासका संरचनामा समेत ठूलो क्षति पुर्‍याएपछि बेत्रावतीको जनजीवन अस्तव्यस्त बनेको छ । केही दिनअघिसम्म चहलपहल हुने बजार अहिले सुनसान र त्रासदीपूर्ण देखिन्छ ।

उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र विभिन्न निकाय परिचालन भए पनि क्षतविक्षत सडक र जोखिमपूर्ण भूगोलका कारण प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

बेत्रावतीमा अहिले बाढीले पुर्‍याएको क्षतिको दृश्य मात्र होइन, आफ्नो घर, पसल र वर्षौँको कमाइ गुमाएका स्थानीयको पीडा पनि उत्तिकै भयावह देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक सहिष्णुता र नेपाली समाज: विविधताभित्रको मौलिक एकताको नमुना
धार्मिक सहिष्णुता र नेपाली समाज: विविधताभित्रको मौलिक एकताको नमुना
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
सामुदायिक विकासमा महिला समूहको योगदान: वन संरक्षण र सरसफाइमा अग्रणी
सामुदायिक विकासमा महिला समूहको योगदान: वन संरक्षण र सरसफाइमा अग्रणी
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३० प्रतिशत वृद्धि
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३० प्रतिशत वृद्धि
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो

तपाईंले छुटाउनुभयो कि?