रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र ११, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।
  • मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो।
  • रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।
मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको छ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकासँग सम्बन्धित सम्पूर्ण कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्न लागिएको नगर प्रमुख तामाङले बताउनुभयो।
उहाँका अनुसार विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय तह, कर्मचारी तथा आम नागरिकबाट समेत सहयोग र सहकार्य आवश्यक रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
पारिवारिक सुख र एकता: आपसी माया, आदर र समझदारीको सुदृढीकरण
पारिवारिक सुख र एकता: आपसी माया, आदर र समझदारीको सुदृढीकरण
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही

तपाईंले छुटाउनुभयो कि?