ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता

digitalchautari digitalchautari
|
शनिबार, श्रावण ३०, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता

सारांश

  • खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण सुरु गरेको छ।
  • नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि विभिन्न ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो।
  • टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ।

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण सुरु गरेको छ।

नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि विभिन्न ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो। टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ।

निगमका अनुसार बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको छ। ग्यास लिन बिहानैदेखि तोकिएका केन्द्रहरूमा उपभोक्ताको ठूलो भीड लागेको छ। बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेको निगमका कर्मचारी भीमप्रसाद पौडेलले जानकारी दिएका छन्।

निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने व्यवस्था मिलाएको छ। बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। सो केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले बताए।

ग्यास अभावको अवस्थालाई सहज बनाउन निगमले ग्यास डिपोसँग समन्वय गरी वितरण व्यवस्थापन गरिरहेको जनाएको छ। साथै, ग्यासको कालोबजारी, लुकाउने तथा अनावश्यक भण्डारण गर्ने कार्यविरुद्ध अनुगमनसमेत तीव्र पारिएको छ।

यद्यपि, तोकिएका स्थानबाट वितरण सुरु भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा लामो समय लाइन बसेर पालो आएपछि पनि वितरण केन्द्रमै ग्यास सकिँदा उपभोक्ताहरू थप समय कुरेर बस्न बाध्य भएका छन्। ग्यास आउने आशामा दिनभर लाइनमै बस्नुपरेको उनीहरूको गुनासो छ।

निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको समय र स्थानमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
‘टेक्नोपोलिटिक्स’को नारासहित कांग्रेस महाधिवेशनमा ई. विजय गौतम
‘टेक्नोपोलिटिक्स’को नारासहित कांग्रेस महाधिवेशनमा ई. विजय गौतम
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि

तपाईंले छुटाउनुभयो कि?