बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग

digitalchautari digitalchautari
|
आइतबार, आषाढ १४, २०८३
|
|
७४० पटक हेरिएको
Shares
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग

सारांश

  • काठमाडौं, असार १४ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ।
  • आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
  • सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ूराष्ट्रहितविपरीतू भन्दै त्यसका लागि देशसँग माफी माग्नुपर्ने बताए।

काठमाडौं, असार १४ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ूराष्ट्रहितविपरीतू भन्दै त्यसका लागि देशसँग माफी माग्नुपर्ने बताए।

उनले भने, ूराष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ।ू साथै, उक्त अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन पनि उनले माग गरे।

प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै, ूभारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ,ू भन्ने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त भनाइप्रति विपक्षी दलहरूले त्यसयता लगातार विरोध जनाउँदै आएका छन्। एमालेले यसलाई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा स्पष्टीकरण र माफीको माग दोहोर्‍याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभा जाने टोली स्वीकृत
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभा जाने टोली स्वीकृत
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध

तपाईंले छुटाउनुभयो कि?