कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र

digitalchautari digitalchautari
|
आइतबार, जेठ ३, २०८३
|
|
१K पटक हेरिएको
Shares
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र

सारांश

  • नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनपछि सुरु भएको शक्ति संघर्ष झन् चर्किँदै गएको छ।
  • पार्टीभित्रका विभिन्न समूहबीच असमझदारी बढ्दै जाँदा समानान्तर गतिविधि पनि तीव्र बनेका छन्।
  • गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच विवाद गहिरिँदै गएको हो।

काठमाडौं । नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनपछि सुरु भएको शक्ति संघर्ष झन् चर्किँदै गएको छ। पार्टीभित्रका विभिन्न समूहबीच असमझदारी बढ्दै जाँदा समानान्तर गतिविधि पनि तीव्र बनेका छन्।

गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच विवाद गहिरिँदै गएको हो। असन्तुष्ट समूहले सभापतिबाट एकताका लागि ठोस प्रस्ताव नआएको भन्दै दबाब बढाइरहेका छन् भने संस्थापन पक्षले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति गगन थापा ले १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो। उहाँले आवश्यक परे वरिष्ठ नेता चयन गर्न, अन्य नेताहरूलाई उचित जिम्मेवारी दिन तथा महाधिवेशनसम्बन्धी समितिहरूमा निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गर्न आफू लचक रहने दाबी गर्नुभयो।

यसअघि शनिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलामा बोल्दै पूर्वउपसभापति पूर्णबहादुर खड्का ले पार्टी विभाजनको जोखिममा पुगेको भन्दै सभापति थापा समग्र कांग्रेसको नेतृत्व गर्न असफल भएको आरोप लगाउनुभएको थियो। खड्काको उक्त अभिव्यक्तिपछि सभापति थापाले आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्नुभएको हो।

कांग्रेसभित्र १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिको ठूलो हिस्सा अझै बाहिरै रहेको छ। विशेष महाधिवेशनलाई अस्वीकार गर्दै देउवा र कोइराला समूहले अलगअलग गतिविधि सञ्चालन गरिरहेका छन्। यसले पार्टी औपचारिक रूपमा एकीकृत पनि नभएको र पूर्ण रूपमा विभाजित पनि नभएको अवस्था देखाएको छ।

असन्तुष्ट पक्षले सभापति थापाले एकताका लागि स्पष्ट प्रस्ताव नल्याएको आरोप लगाउँदै आएको छ। संस्थापन पक्ष भने १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनालाई समन्वय गरेर साझा संयन्त्र बनाउन सकिने विकल्पबारे छलफल भइरहेको बताउँछ। साथै क्रियाशील सदस्यताको पुरानो संरचना यथावत् राख्नुपर्नेमा असन्तुष्ट समूह जोड दिइरहेको छ।

सभापति गगन थापा ले विवाद समाधानका लागि पूर्णबहादुर खड्का र शेखर कोइराला सँग छलफल गरिसक्नुभएको भए पनि ठोस सहमति भने बन्न सकेको छैन। त्यसैले असन्तुष्ट समूहले समानान्तर गतिविधि जारी राखेका छन्।

पूर्णबहादुर खड्का नेतृत्वमा देउवा पक्षले प्रदेशगत भेला आयोजना गरिरहेको छ, जसलाई १५औँ महाधिवेशनको तयारीका रूपमा पनि हेरिएको छ। यसका साथै काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने तयारीसमेत भइरहेको बताइन्छ।

समग्रमा कांग्रेसभित्रको विवाद समाधानउन्मुख देखिएको छैन। बरु शक्ति संघर्ष झन् गहिरिँदै गएको छ। समयमै सहमति नबने पार्टीभित्रको आन्तरिक द्वन्द्व अझै चर्किन सक्ने संकेत नेताहरूले नै दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य

तपाईंले छुटाउनुभयो कि?