लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकार विधेयक पारित

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकार विधेयक पारित

सारांश

  • लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
  • सातौं अधिवेशनको १४औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल तथा पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराउनुभयो ।
  • मंगलबारको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्नुभएको छ भने यस्तै रामजी प्रसाद घिमिरेले भौतिक पूर्वाधार तथा विकास समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ ।

दाङ । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।

सातौं अधिवेशनको १४औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल तथा पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराउनुभयो ।

मंगलबारको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्नुभएको छ भने यस्तै रामजी प्रसाद घिमिरेले भौतिक पूर्वाधार तथा विकास समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ ।

प्रदेशसभा बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले विकासका लागि बजेट भए पनि त्यसको प्रभावकारी सदुपयोग हुन नसकेको, संघीय सरकारको नीतिले जनतालाई दुःख दिएको, एकसय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउनु समस्याजनक भएको प्रदेश मातहतमा रहेका डिभिजन कार्यालयहरू प्रदेशप्रति उत्तरदायी हुन नसकेको लगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभा सदस्य शान्ति लोद, निलम पासवान, भगवतीकुमारी थरुनी, सुधाकर पाण्डेय, अम्बिका काफ्ले, रेवती गुरुङ, दिलकुमारी बुढा, बसन्ती न्यौपाने लगायतले मंगलबारको बैठकमा आ आफ्नो धारण राख्नु भएको थियो । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनको १५औं बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

तपाईंले छुटाउनुभयो कि?