काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्

डिजिटल चौतारी डिजिटल चौतारी
|
शनिबार, कार्तिक २१, २०८३
|
|
२ पटक हेरिएको
Shares
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्

सारांश

  • काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा जारी अपराजित यात्रा समाप्त भएको छ।
  • एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पहिलोपटक पराजित भएको हो।
  • अघिल्लो सिजनका सात खेलमा पनि लुम्बिनी अपराजित रहेको थियो।

काठमाडौं। काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा जारी अपराजित यात्रा समाप्त भएको छ। एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पहिलोपटक पराजित भएको हो। अघिल्लो सिजनका सात खेलमा पनि लुम्बिनी अपराजित रहेको थियो।

यस हारसँगै लुम्बिनीको प्लेअफ यात्रा केही लम्बिएको छ। दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने उसको सम्भावनामा धक्का लागेको छ। यता, जितसँगै काठमाडौं गोर्खाज अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो। सुरुवातमै धरमराएको लुम्बिनीले पावरप्लेभित्रै ६ विकेट गुमाउँदा मात्र ३४ रन बनाएको थियो।

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अविशेष गौतमले १६, निरोशन डिकवेल्लाले १४ र रुवेन ट्रम्पलम्यानले ११ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका जहानदाद खानले चार विकेट लिए भने करण केसीले दुई विकेट हात पारे। साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो।

काठमाडौंका ओपनर डेविड वार्नर र शाहिल पटेलले पहिलो विकेटका लागि १३.२ ओभरमा १०४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। शाहिलले ३६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाए। उनी शेर मल्लको बलमा रोहित पौडेलबाट क्याच आउट भए।

त्यस्तै, वार्नरले ४९ बलमा नौ चौका र एक छक्काको मद्दतमा ६६ रन बनाए। उनी पनि शेर मल्लकै बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। सहान ३४ रनमा अविजित रहे।

कप्तान करण केसीले नौ रन बनाउँदा जहानदाद खानले ६ र रासिद खानले दुई रन जोडे। विलियम बसिस्टो भने पहिलो बलमै आउट भए।

लुम्बिनीका लागि शेर मल्ल, अविशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान दुई–दुई विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव

तपाईंले छुटाउनुभयो कि?