बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २१, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग

सारांश

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक र कर्मचारीको एक दिनको पारिश्रमिकसहित रकम जम्मा काठमाडौं ।
  • भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
  • बैंकले २०८३ भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक र कर्मचारीको एक दिनको पारिश्रमिकसहित रकम जम्मा
काठमाडौं । भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले २०८३ भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाटलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको बैंकले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले बैंकको तर्फबाट तथा बैंकमा कार्यरत कर्मचारीको एक दिन बराबरको पारिश्रमिकसमेत समेटेर कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो।
बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महालक्ष्मी विकास बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुनःस्थापनाका लागि भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
मानव बेचबिखनविरुद्धको सवालमा सुनिता फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
मानव बेचबिखनविरुद्धको सवालमा सुनिता फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प

तपाईंले छुटाउनुभयो कि?