एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
५५६ पटक हेरिएको
Shares
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश जनसङ्गठन संयन्त्रको दुई दिवसीय आवासीय कार्यशालाले ८ बुँदे प्रस्ताव पारित गरेको छ ।
  • भक्तपुरको नगरकोटमा आइतबार सम्पन्न कार्यशालामा देशको वर्तमान राजनीतिक परिस्थिति, जनजीविकाका गम्भीर समस्या, शान्ति–सुरक्षाको स्थिति, राष्ट्रिय स्वाधीनता तथा सङ्गठन सुदृढीकरणका विविध पक्षहरूमा गहन छलफल गरेको छ ।
  • पारित प्रस्तावमा खेतीपातीको सिजनमा मलको चरम अभाव भएको भन्दै मल अभावमा हाहाकार मच्चिरहँदा पनि सरकार मूकदर्शक बनेको उल्लेख छ ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश जनसङ्गठन संयन्त्रको दुई दिवसीय आवासीय कार्यशालाले ८ बुँदे प्रस्ताव पारित गरेको छ । भक्तपुरको नगरकोटमा आइतबार सम्पन्न कार्यशालामा देशको वर्तमान राजनीतिक परिस्थिति, जनजीविकाका गम्भीर समस्या, शान्ति–सुरक्षाको स्थिति, राष्ट्रिय स्वाधीनता तथा सङ्गठन सुदृढीकरणका विविध पक्षहरूमा गहन छलफल गरेको छ ।

पारित प्रस्तावमा खेतीपातीको सिजनमा मलको चरम अभाव भएको भन्दै मल अभावमा हाहाकार मच्चिरहँदा पनि सरकार मूकदर्शक बनेको उल्लेख छ । ‘कृषिको रूपान्तरणको चर्को कुरा गर्ने सरकारले सिजनमा किसानलाई सामान्य मल समेत किन उपलब्ध गराउन सक्दैन ?’ सरकारको गैरजिम्मेवारीपन घोर निन्दा गर्दै संयन्त्रले तत्काल पर्याप्त मलको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको दर्दनाक हत्याका दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा देशभरका महिला तथा बालबालिकाको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्रीको आकस्मिक मुस्ताङ भ्रमणप्रति आशङ्का व्यक्त गर्दै उक्त भ्रमणले देशको भूराजनीतिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उब्जाएको संयन्त्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध

तपाईंले छुटाउनुभयो कि?