इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम

digitalchautari digitalchautari
|
शनिबार, श्रावण ३०, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम

सारांश

  • नवलपुर, सिन्धुपाल्चोक — नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरूबीच पालिकास्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
  • शनिबार (२०८३ साउन ३० गते) नवलपुरमा आयोजित उक्त प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्र सञ्चालित कक्षा ९ र १० का सबै १२ वटा माध्यमिक विद्यालयका टोलीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
  • ​प्रविधिमैत्री वातावरणमा सम्पन्न तीव्र प्रतिस्पर्धाका बीच नवलपुर माध्यमिक विद्यालयले ८५ अंक ल्याएर प्रथम स्थान हासिल गर्न सफल भएको छ।

नवलपुर, सिन्धुपाल्चोक — नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरूबीच पालिकास्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार (२०८३ साउन ३० गते) नवलपुरमा आयोजित उक्त प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्र सञ्चालित कक्षा ९ र १० का सबै १२ वटा माध्यमिक विद्यालयका टोलीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
​प्रविधिमैत्री वातावरणमा सम्पन्न तीव्र प्रतिस्पर्धाका बीच नवलपुर माध्यमिक विद्यालयले ८५ अंक ल्याएर प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालयले ८० अंक प्राप्त गर्दै द्वितीय र राजेश्वरी माध्यमिक विद्यालयले ६५ अंकसहित तृतीय स्थान हासिल गरेका छन्।
​विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमतालाई डिजिटल प्रविधिसँग जोडेर अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सहभागी तथा विजेता विद्यालयहरूलाई आयोजकका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
​नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो समारोहमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख अतिथि तथा संगठनका वागमती प्रदेश समिति सदस्य शारदाप्रसाद सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे
प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह

तपाईंले छुटाउनुभयो कि?