एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक

digitalchautari digitalchautari
|
आइतबार, बैशाख १३, २०८३
|
|
३६१ पटक हेरिएको
Shares
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा)का २४ पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
  • गृह मन्त्रालयले पठाएको निर्देशनात्मक पत्रको आधारमा अध्यागमन विभागले उनीहरुलाई कालोसूचीमा राख्दै बाहिर जान प्रतिबन्ध लगाएको हो ।
  • यो निर्णय राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा गरिएको हो ।

काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का २४ पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विदेश भ्रमणमा रोक लगाएको छ ।

गृह मन्त्रालयले पठाएको निर्देशनात्मक पत्रको आधारमा अध्यागमन विभागले उनीहरुलाई कालोसूचीमा राख्दै बाहिर जान प्रतिबन्ध लगाएको हो ।

यो निर्णय राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको विषयमा छानबिन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो । सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न पत्राचार गरेको थियो ।

प्रतिबन्धमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी, प्रवक्ता सुरेश शाहसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु परेका छन् । राष्ट्रिय खेलकुद ऐन तथा आफ्नै विधान र साधारणसभाको निर्णय तथा राखेपले पटकपटक दिएको निर्देशनविपरित गत चैत १३ गते जबरजस्ती अर्ली इलेक्सन गर्न लागेको भन्दै एन्फालाई चैत ११ गते तीन महिनाका लागि निलम्बन गरेको थियो ।

निलम्बनमा परेको अवस्थामा पदाधिकारीहरु विदेश जानसक्ने आशंकमा यस्तो कदम चालिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
बीमा कम्पनीहरूको सेयर लगानी ५५ अर्ब नाघ्यो: एकै वर्षमा १४ अर्ब ३६ करोड थपियो
बीमा कम्पनीहरूको सेयर लगानी ५५ अर्ब नाघ्यो: एकै वर्षमा १४ अर्ब ३६ करोड थपियो
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
दक्षिण एसियाली सेयर बजारमा दबाब, नेपालसहित अधिकांश बजार साइडवेज
दक्षिण एसियाली सेयर बजारमा दबाब, नेपालसहित अधिकांश बजार साइडवेज
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा

तपाईंले छुटाउनुभयो कि?