२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस सिन्धुपाल्चोककी नेत्री एवम् महाधिवेशन प्रतिनिधि यस्मिन ढुंगानाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
ढुंगाना सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट खुला महिला कोटातर्फ ६५२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। क्षेत्रीय अधिवेशनबाट उल्लेख्य मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै ढुंगानाले पार्टी संगठनलाई थप सुदृढ बनाउने, महिलाको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई प्रभावकारी बनाउने तथा पार्टीलाई जनतासँग अझ नजिक बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
१५औँ महाधिवेशनले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने भएकाले आफूले केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गर्न उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।