सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा

digitalchautari digitalchautari
|
मंगलबार, कार्तिक १७, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा

सारांश

  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले यसअघि नै सञ्चालनमा ल्याएको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा योजना’ पछिल्लो समय ग्राहकको आकर्षण र रोजाइमा पर्न थालेको छ।
  • सीमित अवधिसम्म बीमाशुल्क भुक्तानी गरेर लामो अवधिसम्म जीवन बीमाको सुरक्षा प्राप्त गर्न सकिने विशेषताका कारण यो योजना ग्राहकका लागि आकर्षक बनेको हो।
  • यस योजनामा ग्राहकले आफ्नो आर्थिक अवस्था र आवश्यकताअनुसार १०, १५, २० र २५ वर्षको बीमा अवधि छनोट गर्न सक्ने व्यवस्था छ।

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले यसअघि नै सञ्चालनमा ल्याएको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा योजना’ पछिल्लो समय ग्राहकको आकर्षण र रोजाइमा पर्न थालेको छ। सीमित अवधिसम्म बीमाशुल्क भुक्तानी गरेर लामो अवधिसम्म जीवन बीमाको सुरक्षा प्राप्त गर्न सकिने विशेषताका कारण यो योजना ग्राहकका लागि आकर्षक बनेको हो।
यस योजनामा ग्राहकले आफ्नो आर्थिक अवस्था र आवश्यकताअनुसार १०, १५, २० र २५ वर्षको बीमा अवधि छनोट गर्न सक्ने व्यवस्था छ। बीमा अवधिअनुसार ८, १२, १६ र २० वर्षसम्म बीमाशुल्क भुक्तानी गर्ने विकल्प उपलब्ध छन्।
योजनाको विशेषताअनुसार प्रत्येक पाँच वर्षमा जोखिम बहन रकम वृद्धि हुँदै जाने व्यवस्था रहेको छ। बीमा अवधि पूरा भएपछि बीमितले बीमाङ्क रकमसँगै नियमानुसारको बोनस प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखमा उल्लेखित सर्तअनुसार मृत्यु दाबी भुक्तानीको व्यवस्था रहेको छ।
यस योजनामा थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा, बीमाशुल्क छुट तथा घातक रोग रक्षावरणजस्ता अतिरिक्त सुविधा पनि लिन सकिन्छ। घातक रोग रक्षावरणअन्तर्गत तोकिएका १८ प्रकारका रोगमध्ये कुनै एक रोग पहिचान भएमा अधिकतम ५० लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ।सीमित अवधिमा बीमाशुल्क भुक्तानी गरेर दीर्घकालीन आर्थिक सुरक्षा प्राप्त गर्न सकिने भएकाले यो योजना नियमित आम्दानी भएका तथा भविष्यका लागि आर्थिक योजना बनाउन चाहने ग्राहकका लागि उपयोगी विकल्प बनेको छ।
जीवन बीमालाई बचत र जोखिम सुरक्षाको माध्यमका रूपमा बुझ्ने ग्राहकको संख्या बढ्दै जाँदा सानिमा रिलायन्स लाइफको यो योजनाले पनि ग्राहकको रोजाइमा स्थान बनाउँदै गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट

तपाईंले छुटाउनुभयो कि?