मानव बेचबिखनविरुद्धको सवालमा सुनिता फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

digitalchautari digitalchautari
|
बिहिबार, बैशाख १७, २०८३
|
|
३५२ पटक हेरिएको
Shares
मानव बेचबिखनविरुद्धको सवालमा सुनिता फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सारांश

  • सिन्धुपाल्चोक — मानव बेचबिखनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुनिता फाउण्डेशनले मेलम्ची नगरपालिका वडा नं.
  • ६ तालामाराङ, सिन्धुपाल्चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा मानव बेचबिखनको परिभाषा, यसको बदलिँदो स्वरूप, लैङ्गिक असमानता, विभेद, हिंसा तथा यस्ता कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिर्जना हुने मानव बेचबिखनको जोखिमबारे विस्तृत छलफल गरिएको थियो।

सिन्धुपाल्चोक — मानव बेचबिखनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुनिता फाउण्डेशनले मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङ, सिन्धुपाल्चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मानव बेचबिखनको परिभाषा, यसको बदलिँदो स्वरूप, लैङ्गिक असमानता, विभेद, हिंसा तथा यस्ता कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिर्जना हुने मानव बेचबिखनको जोखिमबारे विस्तृत छलफल गरिएको थियो। साथै यस्ता जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल भएको थियो।

कार्यक्रममा तोकमाई तामाङ, उपाध्यक्ष, सुनिता फाउण्डेशनको उपस्थिति रहेको थियो। कार्यक्रममा समुदायका विभिन्न समूहमा आबद्ध महिला, पुरुष, युवा तथा किशोर–किशोरीहरूको समावेशी तथा अर्थपूर्ण सहभागिता रहेको थियो।

समुदायमा मानव बेचबिखनविरुद्धका विषयमा छलफल कार्यक्रम कम हुने गरेको उल्लेख गर्दै सहभागीहरूले यस विषयमा विशेष चासोका साथ कार्यक्रममा उपस्थिति जनाएको बताए। जनचेतनामूलक छलफल कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको र आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।

कार्यक्रमको सहजीकरण परियोजना अधिकृत संगिता नेपालीले गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क
साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
डीपफेकबाट बीमा ठगीको जोखिम बढ्दै, नक्कली दाबी पहिचानमा चुनौती
डीपफेकबाट बीमा ठगीको जोखिम बढ्दै, नक्कली दाबी पहिचानमा चुनौती
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
देशैभरी कक्षा १२ को परीक्षा जारी
देशैभरी कक्षा १२ को परीक्षा जारी

तपाईंले छुटाउनुभयो कि?