भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, माघ २८, २०८२
|
|
१.९K पटक हेरिएको
Shares
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान

सारांश

  • कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ।
  • पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।
  • अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्।

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ।

पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्। यो संख्या हालसम्मकै उच्च हो। सबैभन्दा कम पर्यटक सन् २०२१ मा मात्र १६ हजार १०५ जना पुगेका थिए, जुन कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभाव थियो।

एक्यापका अनुसार सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम पर्यटक आगमन हुँदै आएकोमा सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटक संख्या एक लाख नाघेको थियो। त्यसपछि सन् २०१५ को गोरखा भूकम्पले पर्यटक आगमनमा असर पारे पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा फर्किएको देखिन्छ।

सन् २०२२ पछि पर्यटक आगमनमा निरन्तर वृद्धि भएको छ । सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन्।

एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ जना रहेका छन्। उनका अनुसार पर्यटक आगमन बर्सेनि बढ्दो छ । पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र आकर्षणको केन्द्र बनेको उनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानीलगायतका गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र जीवनशैलीका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
महँगी र आवास समस्याविरुद्ध युरोपभर प्रदर्शन, फ्रान्समा मात्रै ३ लाख २० हजार सडकमा
महँगी र आवास समस्याविरुद्ध युरोपभर प्रदर्शन, फ्रान्समा मात्रै ३ लाख २० हजार सडकमा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
पारिवारिक सुख र एकता: आपसी माया, आदर र समझदारीको सुदृढीकरण
पारिवारिक सुख र एकता: आपसी माया, आदर र समझदारीको सुदृढीकरण
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने

तपाईंले छुटाउनुभयो कि?