काठमाडौँ– नेपाल सरकार ले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सस्मित पोखरेल ले जानकारी दिए।

सर्वोच्च अदालत का पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा आयोग गठन गरिएको हो।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलका अनुसार आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

यो आयोगले २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ।