काठमाडौं । नेपाली कांग्रेस ले नेता पूर्णबहादुर खड्का लाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
आज बसेको पार्टीको अनुशासन समितिको बैठकले खड्कालाई कारबाही प्रक्रियाअन्तर्गत स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
अनुशासन समितिका अनुसार खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी आफूलाई कार्यवाहक सभापति भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको आरोप लागेको छ। सो कार्य पार्टीको विधानविपरीत भएको भन्दै अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
अनुशासन समितिका अध्यक्ष तारामान गुरुङ का अनुसार खड्काले पार्टीमा नभएको जिम्मेवारीमा रहेको भन्दै अनधिकृत वक्तव्य सार्वजनिक गरेका थिए। यसअघि पनि यस्ता गतिविधि नगर्न सचेत गराइएको भए पनि अटेर गर्दै नक्कली लेटरप्याड प्रयोग गरेर विज्ञप्ति निकालेपछि स्पष्टीकरण सोध्ने निर्णय गरिएको उनले बताए।
पार्टीले खड्कालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
