काठमाडाैं ।

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझाव मागेको छ।

सरकारले विभिन्न राजनीतिक दलका घोषणापत्रमा समेटिएका विषयलाई एकीकृत गर्दै साझा कार्ययोजना लागू गर्ने लक्ष्य राखेको जनाएको छ।

मस्यौदामा आर्थिक सुधार, कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, प्रविधि, वातावरण, कूटनीति तथा सामाजिक समावेशीतासहित १८ प्रमुख क्षेत्र समेटिएका छन्।

सरकारका अनुसार यी विषयमा व्यापक सहमति जुटाएर प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले अवधारणापत्र सार्वजनिक गरिएको हो।

https://opmcm.gov.np/content/511/opinions-suggestions-were-requested-from-the-respective-political