राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : भोलि मनोनयन दर्ता, पर्सि मतदान

२७ फाल्गुन २०८०, आईतवार १२:५९

काठमाडौं, २७ फागुन । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आज (आइतबार) संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार फागुन २८ गते (भोलि) मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रिय सभामा सदस्य रहेका कुनै सदस्यलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी भोलि विहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हल नयाँ बानेश्वरमा उम्मेदवारी दिन सकिने छ ।

त्यस्तै भोलि नै साढे १ बजे दर्ता भएको प्रस्तावको सूचनाको दर्ता क्रमानुुसार सूची प्रकाशन गर्ने र २९ गते अध्यक्ष चयनका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ