दुग्ध उत्पादन किसानलाई तत्काल भुक्तानी दिन सर्वोच्चको अन्तरिक आदेश

२३ फाल्गुन २०८०, बुधबार १८:०२

काठमाडौं । सर्वोच्च अदालतले दुग्ध उत्पादक किसानहरुको भुक्तानी तत्काल गर्न अन्तरिम आदेश दिएको छ ।

अधिवक्ताहरु पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले दायर गरेको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले दुग्ध उत्पादक किसानका अन्य समस्या निराकरण गर्न पनि भनेको छ । दुग्ध विकास बोर्डको माघ २६ सम्मको तथ्यांकअनुसार किसानले एक अर्ब ४० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पटक(पटक निर्देशन दिए पनि दुग्ध उत्पादक किसानले अझै भुक्तानी पाएका छैनन् ।