महिला स्वास्थ्य शिविरबाट ४१४ जना लाभान्वित

२७ बैशाख २०८२, शनिबार १३:२०

हेलम्बु, बैशाख २८ गते – हेलम्बु गाउँपालिकाको आयोजनामा तथा बी.बी.पी. परिवारको सहयोगमा आयोजित दुईदिने महिला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ साल बैशाख २६ र २७ गते सम्पन्न शिविरमा कुल ४१४ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सर जाँच, आङ खस्ने समस्या, स्तनसम्बन्धी समस्या लगायत विभिन्न जाँच तथा उपचार सेवा प्राप्त गरेका छन्।

शिविरबाट प्राप्त विवरणअनुसार, जाँच गरिएका महिलामध्ये:

VIA Positive: २६ जना

थर्मो उपचार गरिएका: २६ जना

आङ खस्ने समस्या पहिचान: ४५ जना

रिङ पेसरी राखिएका: २६ जना

सर्भाइकल पोलिप देखिएका: ३ जना

थप उपचार तथा अप्रेशनका लागि रेफर गरिएका: ४ जना

उक्त कार्यक्रमले ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य अवस्थाबारे सचेतना फैलाउनुका साथै प्रारम्भिक चरणमै समस्याको पहिचान र उपचारमा सहयोग पुर्‍याएको हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश थापाले जानकारी दिनुभयो।