सिन्धुपाल्चोक, भदौ १८ । नेकपा (एमाले) बाह्रविसे नगर अधिवेशन भदौ १५–१७ गतेसम्म सम्पन्न भएको छ । अधिवेशनले वम बहादुर तामाङको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनले आयोजक समिति अध्यक्ष ज्ञानेन्द्र राउतद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गर्दै एमालेलाई अझ सशक्त बनाउन आगामी कार्ययोजना तय गरेको छ ।
जिल्ला कमिटीका अध्यक्ष होम नारायण श्रेष्ठ, प्रदेश उपाध्यक्ष दावा दोर्जे तामाङ, जिल्ला इन्चार्ज सरेश नेपाललगायत नेताहरूको उपस्थितिमा सम्पन्न अधिवेशनमा तामाङको नेतृत्वलाई आधिकारिक भन्दै अन्य कुनै समितिलाई मान्यता नहुने स्पष्ट गरिएको छ ।