
२७ फाल्गुन २०८१, मंगलवार १०:३०
चौतारा साँगाचोकगढी नगरपालिका-५, सिन्धुपाल्चोकस्थित नगर अपाङ्ग समन्वय समितिले चौतारा साँगाचोकगढी नगरपालिकालाई सम्मान पत्र प्रदान गरेको छ। नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्ने विभिन्न प्रयासहरू गर्दै आएकोमा यस सम्मान दिइएको हो।
उक्त सम्मानपत्र उपप्रमुख सिता थापालाई आज हस्तान्तरण गरिएको हो ।
सम्मान पत्रमा नगरपालिकाले अपाङ्ग व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, पहुँच र सुविधामा सुधार ल्याउन अहम् भूमिका खेलेको उल्लेख छ। साथै, भविष्यमा समेत यस्ता कार्यहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
नगरपालिकाका प्रतिनिधिहरूले यो सम्मानलाई समाजसेवामा अझ बढी लाग्ने प्रेरणाको रूपमा लिएको बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नगर समन्वय समितिले निरन्तर निगरानी गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
नगरकार्यपालिकाले निर्णय गरेर क ख र ग बर्गको कार्ड भएकाहरुलाई विमा निशुल्क गरेको थियो ।


