कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर

३० चैत्र २०८१, आईतवार १०:१०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताउनुु भएको छ । आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुु भएको हो । उहाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताउनुु भएको छ । उहाँले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको जिकिर गर्नुभयो ।

कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको उहाको भनाई छ । कांग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको दावी छ।