२०८३ आश्विन २२ बिहीबार
२०८३ आश्विन २२ बिहीबार

बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनताका गुनासा, सुझाव र स्थानीय आवश्यकता प्रत्यक्ष रूपमा सुन्ने भएका छन्।
सुनकोशी गाउँपालिकामा असोज २२ गते बिहीबार कार्यक्रम आयोजना गरिएको प्रचार सामग्रीमा उल्लेख छ। “बजेटसँगै टोल–टोलमा सुन्दै र सुनाउँदै” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने जनाइएको छ।
कार्यक्रमअन्तर्गत स्याले, यमुना डाँडा, सुनखानी हुँदै पार्टीडाँडासम्मका टोल–बस्तीमा पुग्ने सांसद पराजुलीको तयारी छ। स्थानीय नागरिकका समस्या, विकासका आवश्यकता तथा आगामी योजनाबारे प्रत्यक्ष छलफल गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
सांसद पराजुलीले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै बजेट तथा विकास निर्माणका विषयमा जनताको धारणा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता सुनाउने कार्यक्रमका रूपमा यसलाई अघि बढाएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।