२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश जनसङ्गठन संयन्त्रको दुई दिवसीय आवासीय कार्यशालाले ८ बुँदे प्रस्ताव पारित गरेको छ । भक्तपुरको नगरकोटमा आइतबार सम्पन्न कार्यशालामा देशको वर्तमान राजनीतिक परिस्थिति, जनजीविकाका गम्भीर समस्या, शान्ति–सुरक्षाको स्थिति, राष्ट्रिय स्वाधीनता तथा सङ्गठन सुदृढीकरणका विविध पक्षहरूमा गहन छलफल गरेको छ ।

पारित प्रस्तावमा खेतीपातीको सिजनमा मलको चरम अभाव भएको भन्दै मल अभावमा हाहाकार मच्चिरहँदा पनि सरकार मूकदर्शक बनेको उल्लेख छ । ‘कृषिको रूपान्तरणको चर्को कुरा गर्ने सरकारले सिजनमा किसानलाई सामान्य मल समेत किन उपलब्ध गराउन सक्दैन ?’ सरकारको गैरजिम्मेवारीपन घोर निन्दा गर्दै संयन्त्रले तत्काल पर्याप्त मलको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको दर्दनाक हत्याका दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा देशभरका महिला तथा बालबालिकाको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्रीको आकस्मिक मुस्ताङ भ्रमणप्रति आशङ्का व्यक्त गर्दै उक्त भ्रमणले देशको भूराजनीतिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उब्जाएको संयन्त्रले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।