२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार क्वेटा–कराँची राष्ट्रिय राजमार्गअन्तर्गत मास्तुङ जिल्लाको खाड कोचा क्षेत्रमा सुरक्षाकर्मीको टोली गइरहेका बेला सडक किनारमा राखिएको विस्फोटक पदार्थ पड्काइएको थियो ।

विस्फोटमा सुरक्षाकर्मीको एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहानसमेत भएको थियो । थप सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको प्रहरीले जनाएको छ ।

मृतकको शव तथा घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि प्रहरीले राजमार्ग केही समयका लागि बन्द गरी आक्रमणमा संलग्नहरूको खोजी तथा पक्राउका लागि सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।